दसैं अगाडि सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइसक्छौँ : भौतिकमन्त्री
असोज १० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैं अगावै देशभरका सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइ सक्ने बताउनुभएको छ । सङ्घीय सरकार मातहत रहेका पूर्वपश्चिम लोकमार्ग लगायतका सबै सडकलाई एक साताभित्र खाल्टाखुल्टी रहित बनाइसक्ने दाबी उहाँले गर्नुभयो ।
बिहीबार धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले अहिले देशभरि करिब पाँच हजार किलोमिटर सडक मर्मतको क्रममा रहेको जानकारी गराउनुभयो । चाडपर्वमा सडक दुर्घटनाका कारण मानवीय क्षति नहोस् भनेर दसैं अगावै सडकका सबै खाल्टाखुल्टी पुर्ने लक्ष्य रहेको मन्त्री दाहालले बताउनुभयो ।
‘‘दसैं, तिहार र छठ जस्ता चाडपर्व नजिकिएको छ । चाडपर्वमा सवारी आवागमन चाप बढ्ने भएकाले सडकलाई खाल्टाखुल्टी रहित बनाउन लक्षित गरी काम गरिरहेका छौँ । त्यसमा हाम्रो जिम्मामा रहेका जति पनि सडकहरु छन त्यसको मर्मत सम्भार पहिलो प्राथमिकता राखेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘निर्माणधिन सडकहरुको सन्दर्भमा ठेक्का पाएका निर्माण कम्पनीलाई बाटो सहज बनाउन निर्देशनसमेत गरिएको छ । त्यसमा सञ्चारकर्मीले पनि सकारात्मक कोणबाट सडकको अवस्थाबारे औंल्याएदिए सहयोग पुग्ने छ ।’’
आयोजित पत्रकार सम्मलेनमा मधेशको प्रसङ्ग जोड्दै मन्त्री दाहालले मधेश समृद्ध नहुञ्जेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । देशको समृद्धि मधेशसँग जोडिएका बताउनुहुँदै उहाँले भन्नुभयो, “मधेशमा ठूलो सङ्ख्यामा जनताको बसोबास छ । यहाँको जनताको समृद्धि नै नेपालको समृद्धि जोडिएको विषय हो । त्यस कारण मधेशलाई व्यवस्थित बनाउनका लागि थुप्रै योजनाका कामहरु भइरहेको छ ।’’ हुलाकी राजमार्ग र रेल सेवा बिस्तारको काम भइरहेको उहाँको भनाइ छ ।
रेलमार्ग विस्तार र हुलाकी राजमार्गमा केही अवरोध र समास्यादेखि देखिएको उल्लेख गर्नुहुँदै उहाँले धनुषाको कमला नदीको पुलको अवलोकन गरी समास्या समाधानका उपाय खोजिने उहाँले बताउनुभयो । यहाँ भौतिक पूर्वाधारका क्षेत्रमा भएका तथा हुन लागेका कामहरुको सन्दर्भमा के कस्तो भइरहेको छ भनेर त्यसको अध्ययनका लागि मधेश भ्रमणको सुरु यहीँबाट सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दसैं अगाडि सबै सडकलाई खाल्टाखुल्टी रहित बनाइसक्छौँ : भौतिकमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्