पर्यटन दिवसमा लेकसाइडमा मिनी सडक महोत्सव
असोज १० गते । राजधानी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा विश्व पर्यटन दिवसको अवसरमा मिनी सडक महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा भव्य सडक महोत्सव गर्दै आएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसको दिन शुक्रबार साँझ महोत्सव गर्न लागेको हो ।
शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराहीचोकसम्म एक दिने मिनी सडक महोत्सव गर्न लागिएको महोत्सवका संयोजक वीरन्द्र शेरचनले जानकारी दिनुभयो । “सडकमै खाऔं, सडकमै रमाऔँ” भन्ने उद्घोषसहित हुने महोत्सवले पर्यटन प्रवर्द्धन गर्न सघाउने अपेक्षा गरिएको छ ।
महोत्सवमा बाजागाजासहित विभिन्न सांस्कृतिक कार्यक्रम तय भएको शेरचनाको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटनको राजधानीले पृथक् र भव्य तवरले पर्यटन दिवस मनाउनुपर्छ भनी महोत्सव गर्न लागेका छौँ ।”
महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार, यहाँका विभिन्न जातीय संस्कृति, भेषभूषा, सांस्कृतिक नृत्य, पर्यटकीय स्थलहरुको दृश्यावलोकन गराइने रेवान अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । मुख्य पर्यटकीय मौसमको सँघारका हुने महोत्सवले पर्यटन दिवसमा पर्यटकलाई भव्य स्वागतसहित उत्कृष्ट सत्कारको सन्देशसँगै पर्यटन प्रवर्धनमा योगदान पुग्ने अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पर्यटन दिवसमा लेकसाइडमा मिनी सडक महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्