टोखामा विश्व पर्यटन दिवसको अवसरमा सडक खाना महोत्सव हुँदै
टोखा काठमाडौ । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौंको पर्यटकीय नगरी टोखामा सडक खाना महोत्सव हुने भएको छ। पर्यटन दिवसका अवसरमा यही असोज ११ गते टोखा गेट देखी गणेशस्थान मन्दिरसम्म सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो।
टोखा नगरपालिका वडा नं २ र ३ को आयोजना तथा टोखा संस्कृतिक संरक्षित क्षेत्र विकास समिति र नेवा गुठीको ब्यवस्थापनमा सडक खाना महोत्सव आयोजना गरिएको संस्कृतिक संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताउनुभयो।
उनले भने, ‘पर्यटन दिवसका अवसरमा टोखा आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।’ उनका अनुसार त्यस दिन विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उनको भनाइ छ।
यस्तै नेवा गुठी टोखाका अध्यक्ष रमेश नापीतले महोत्सवमा टोखाका स्थानीय दिदीबहिनीले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शनमा राखिने बताउनु भयो । प्रदर्शनमा टोखा बजार र त्यस आसपासका १००० भन्दाबढी दिदीबहिनी तथा दाजुभाईहरुको सहभागिता रहने छ ।
टोखा नगरपालिका–२ वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । “आन्तरिक पर्यटक प्रवद्र्धन गर्दै टोखाका महिला दिदीबहिनीले उत्पादन गरेका वस्तु बिक्रीवितरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।
घर गृहस्थी सञ्चालन गर्दै आएका महिलालाई आर्थिकरूपमा सवल बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखामा विश्व पर्यटन दिवसका अवसरमा सडक खाना महोत्सव हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्