रिठ्ठा, तार्पिन तेल र खोटो रोजिनको निर्यात बढ्यो
असोज ८ गते। नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिठ्ठा, तार्पिन तेल, खोटो रोजिनको निर्यात बढेको छ।
नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार विभिन्न जडीबुटी र वनस्पतिको निर्यातका लागि प्रमुख नाका मानिने नेपालगन्जबाट यो आर्थिक वर्षको सुरुमै यिनको निर्यातमा उल्लेख्य वृद्धि भएको हो।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले गत आर्थिक वर्ष २०८०/०८१ को साउन भदौको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा रिट्ठाको निर्यातमा ३३० प्रतिशत, तार्पिनको तेलमा २७४ प्रतिशत, ऐसेन्सियल तेलमा २९३ प्रतिशत र खोटो रोजिनको निर्यातमा १४० प्रतिशत वृद्धि भएको बताउनुभयो।
आर्थिक वर्षको सुरुमै उपरोक्त वस्तुको निर्यातमा उत्साहजनक रूपमा वृद्धि भएपछि नेपालगन्ज लगायत पश्चिम नेपालका जडीबुटी व्यवसायी निकै उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।
सो कार्यालयले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सुरुको दुई महिनामा यो नाकाबाट १२ लाख २० हजार रुपियाँको १६ हजार किलो रिठ्ठा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५२ लाख ४९ हजार रुपियाँको ७६ हजार ७० किलो रिठ्ठा निर्यात भएको छ।
यसैगरी गत वर्ष दुई महिनामा यो नाकाबाट ९५ लाख ७८ हजार रुपियाँको ६४ हजार लिटर तार्पिनको तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ५८ लाख ३४ हजार रुपियाँको दुई लाख १५ हजार लिटर तार्पिनको तेल निर्यात भएको छ।
सोही प्रकारले गत वर्ष साउन र भदौमा ८५ लाख ४० हजार रुपियाँको २६६ लिटर ऐसेन्सियल तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ३४ लाख ७४ हजार रुपियाँको एक हजार ५८ लिटर ऐसेन्सियल तेल निर्यात भएको छ।
यस्तै गत वर्ष सुरुको दुई महिनामा नेपालगन्ज नाकाबाट चार करोड ७६ लाख ७० हजार रुपियाँको तीन लाख ३८ हजार ५७७ किलो खोटो रोजिन निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ११ करोड ४४ लाख ९३ हजार रुपियाँको सात लाख ८४ हजार चार सय किलो खोटो रोजिन निर्यात भएको छ।
चालु आर्थिक वर्षको सुरुमै केही वस्तुको निर्यातमा अत्यधिक वृद्धि देखिएपछि यहाँका जडीबुटी व्यवसायी यस पटक ठुलो परिमाणमा विभिन्न वस्तु निर्यात हुनेमा आशावादी देखिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तार्पिन तेल र खोटो रोजिनको निर्यात बढ्यो, #रिठ्ठा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्