चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ
काठमाडौँ, असोज ८ गते । एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताउनुभएको छ ।
ऐतिहासिक रजत पदकसहित मङ्गलबार स्वदेश फर्किनुभएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताउनुभयो । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भए पनि विपक्षी धेरै राम्रो रहेको जिकिर गर्नुभयो ।
फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्नुहुँदै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाउनुभयो ।
आज त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उहाँका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई स्वागत गर्नुभएको थियो ।
नेपाल कराँते महासङ्घ, नेपाल पुलिस क्लब र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गर्नुभएको थियो ।
कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताउनुभयो । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उहाँले अझैँ धेरै सफलता दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासङ्घको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । सन् २०२६ मा हुने २० औँ एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।
एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औँ सिनियर एसियन कराँते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जित्नुभएको थियो । नेपालका कुनैपनि खेलाडीले यस अघि एसियन सिनियर कराँते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उहाँ पहिलो स्वर्ण जित्न भने चुक्निुभयो । यसअघि एरिका चीनकै हाङझाउमै एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुक्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्