सञ्चारकर्मी संगिताको अभिनयमा दसैँ खर्च सार्वजनिक

काठमाडौँ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दशैं गीत ‘खर्च दशैलाई’ सार्वजनिक भएको छ ।
गायक दुलालले दशैंमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरी लाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दशैंलाई बोलको गीत तथा भिडियो तयार पारेका छन् । गीत तथा भिडियो निकै राम्रो बनेको छ ।
लोक दोहोरी क्षेत्रमा राज गरेका गायक घमेश दुलाल एक समय एक दशक भन्दा बढि नै गुमनाम हुन पुगेका थिए । उनका शुभचिन्तहरुको मनमा लागेको थियो कि अब घमेश दुलालका नयाँ गीत आउने छैनन् भनेर । तर पछि गायक दुलाल फेरि दमदार गीत वनमा खयर लिएर शुभचिन्तहरु माझ फर्किए ।
उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी लगायत दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मन मुटुमा बस्न सफल भएको छ । उनै गायक दुलालले स्रोता तथा दर्शक माझ फेरि दशैंको कोशेली खर्च दशैलाई लिएर आएका छन् । जसमा स्वर गायक घमेश दुलाल र स्थायी घर लमजुङ्ग र हाल काठमाण्डौमा रहेर आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहेकी स्वरकी धनी शारदा रसाइलीको निकै मधुर आवाज रहेको छ ।
त्यसैगरी गित संगितको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न सफल गितकार तथा निर्देशक साजन पराजुली जसले लेखेका दर्जन भन्दा बढि गित बजारमा लोकप्रिय छन् । छाति चिरी हेर सानु,दुबो झै जिवन,मोनालिसा,साथ छोड्यो छायाँले,दशै आयो जस्ता दर्जनौ गित दर्शकले रुचाएका छन् हो उनै गितकार तथा निर्देशक साजन पराजुली निकै राम्रो शब्द यस गीतमा रहेको छ ।
गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ । नेपाली सांगीतिक क्षेत्रमा अब्बल संगीतकारको रुपमा छवि बनाएका संगीतकार हुन् सुफिक्स मदन । संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने सुफिक्सद्वारा संगीत गरिएका गनगन, गगन द्द, सेतो सेतो कमेरो माटो , लाग्छ माया लाग्दैन भन्दिन ,आउँछ झल्को , शखर चिनि ,धानको चामल चामलको कनिका लागायत सयौं गीत बजारमा आएका छन्। जसमध्ये अधिकांश गीतहरू दर्शक स्रोतामाझ निकै लोकप्रिय बनेको छ ।
गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युके को रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ । गितको सम्पादन रोशन धितालले गरेका हुन् भने गीतको व्यवस्थापन अमन दुलालले गरेका छन् ।
लाउ चेलि सिन्दुर लाउ, हुँदैन सुन पित्तल गालेर जस्ता चर्चित गितमा दमदार अभिनय गरिसकेका मोडल हिराकाजी सेञ्चुरी र सञ्चार क्षेत्रमा निकै लामो समय देखि काम गरिरहेकी सञ्चारकर्मी तथा भर्खरै अभिनय तथा मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी संगिता अधिकारीको निकै राम्रो अभिनय रहेको छ । त्यस्तै गितमा भिम बगाले, मनोज केशी लगाएत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको उत्तिकै राम्रो अभिनय रहेको छ ।
एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रा लि द्वारा निमार्ण गरिएको उक्त “खर्च दशैंलाई” बोलको गीत गायक घमेश दुलालको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सञ्चारकर्मी संगिताको अभिनयमा दसैँ खर्च सार्वजनिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्