चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा
असोज ८ गते । जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था लागु पारिएको जनाएको छ । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेपछि जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको हो।
योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजना अनुसार नेपाल प्रहरीको तर्फबाट तीन सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट एक सय ७८ जनाको जनशक्ति परिचालन हुने छ । चाडपर्वको मौका छोपी हुने अवाञ्छित गतिविधि, चोरी, डकैती, लुटपाट जस्ता कार्यलाई निरुत्साहित बनाउँदै आम नागरिकलाई शान्ति सुरक्षाको वातावरण बनाउन चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो । जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन समेत तीव्र पारिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख नरहरी रेग्मीले जिल्ला प्रहरी कार्यालयले दैनिक रुपमा कमाण्ड पोष्ट, सवारी गस्ती, इकाइहरुको समन्वयमा ग्रामीण गस्ती, मोटरसाइकल गस्ती, राजमार्गमा चेकजाँच, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, पिकेट, धार्मिकस्थल÷पर्यटक स्थलको सुरक्षा ,बजार अनुगमन, यात्रु सहायता कक्षमा प्रहरी परिचालित गरिने बताउनुभयो ।
चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुँदा यात्रुहरुलाई सहज आवागमनका लागि राजमार्गका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सञ्चालन गरिने छ। त्यस्तै प्रहरीले धार्मिक र पर्यटकीय स्थलको सुरक्षा गर्नुको साथै बैँक सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ ।
सादा पोशाकमा चेकजाँच र बजार अनुगमन गर्नाको साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्नेछ । चाडपर्वमा विशिष्ट व्यक्तिको सुरक्षा गर्नुको साथै झैझगडा र जुवातास नियन्त्रण र अवैद्य मदिरा नियन्त्रणको लागि पनि प्रहरी परिचालन गर्ने प्रहरीको तयारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्