पत्नीको हत्या गरी राईले गरे आत्महत्या
असोज ८ गते । इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।
घटनास्थलमै रहनुभएका एसपी ढकालले घटना हिजो रातीको जस्तो देखिएको बताउनुभयो । सन्दकपुर–१ भित्तेमा एकान्त स्थलमा घर भएका उनीहरूको घरभन्दा मुनिपट्टि बाटो रहेको बाटोभन्दा तल फूलकुमारीको शव रगतपच्छे अवस्थामा भेटिएको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार फूलकुमारीको टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको देखिएको छ । अहिले घटनास्थलको अनुसन्धान भइरहेको जनाइएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि आजै इलाम ल्याइने जनाइएको छ ।
राई दम्पतीका दुई छोरामध्ये एक छोरा विदेशमा र एक छोरा फिक्कलमा रहेको बुझिएको एसपी ढकालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्नीको हत्या गरी राईले गरे आत्महत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्