प्रहरी कार्यालयको भेन्टिलेसन फोडेर भागे ८ थुनुवा

धनुषामा प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार भएका छन् ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।
हिरासतबाट ९ जना फरार भएका थिए ती मध्य एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार हुनेमा लागु औषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया रहेका छन्। त्यस्तै अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।
फरार भएकाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । घटनाबारे विस्तृत बुझ्न आफू जिल्ला प्रहरी कार्यालय जान लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #८ थुनुवा फरार, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्