‘सभापति लामिछाने भाग्ने कुनै सम्भावना छैन’
काठमाडौं, असोज ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेता तथा कार्यकर्ताहरु अनौपचारिक छलफलमा जुटेका छन् ।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले आइतबार गोर्खा मिडियाका सञ्चालक तथा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई पक्राउ गरेसँगै रास्वपाका नेताहरु छलफलमा जुटेको बताइएको छ । तर, उहाँले अहिलेसम्म कतैबाट औपचारिक जानकारी नआएको बताउनुभयो ।
कार्कीले भन्नुभयो, “अनौपचारिक छलफलमा छौं । यी विषयमा सामान्य छलफल भएको छ तर हामीलाई आधिकारिक इन्फरमेसन कतैबाट पनि आएको छैन ।”
उहाँले सभापति लामिछानेका सन्दर्भको जिज्ञासामा आधिकारिक जानकारीको पर्खाइमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”
पार्टी कार्यालयमा अहिले सादा पोशाक र वर्दीका प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति पनि बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #‘सभापति लामिछाने भाग्ने कुनै सम्भावना छैन’, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्