हेराल्ड ल स्कुलले यो वर्षबाट बीए एलएलबी पढाउने, प्रवेश परीक्षाका लागि आवेदन माग
काठमाडौं । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ ।
राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए एलएलबी पढाउने भएको हो । काठमाडौंको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन अध्यापन गराइरहेको छ ।
कलेजमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ । स्नातक तहमा पनि यो वर्षदेखि बीए एलएलबी कोर्स सुरु गरिएको हो । पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरूको रोजाइको विषय बनेको छ ।
कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीए एलएलबी गरी दुई वटा प्रोगाम रहेको छ । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीए एलएलबीका लागि कुनै पनि संकायमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्छ ।
कानुनमा स्नातक अध्ययनका लागि अहिले निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । यो मध्ये पनि बीए एलएलबी कोर्स विद्यार्थीहरूको विशेष रोजाइ बन्ने गरेको छ । सीमित कोटा र प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा हेराल्डले यो कोर्स पढाउन सुरु गरेको हो ।
कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरूको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक सत्रबाट बीए एलएलबी कोर्स सुरु गरिएको हेराल्ड एजुकेशन नेटवर्कका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए ।
अध्यक्ष ज्ञवालीका अनुसार अहिले हेराल्ड ल स्कुल बसुन्धाराबाट प्रवेश परीक्षाको फारम वितरण भइरहेको र आगामी असोज १२ गते शनिवार दिउँसो ३:३० बजेदेखि साँझ ५:३० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । प्रवेश परीक्षा उत्तीर्ण उत्कृष्ट ४० जनाले यो शैक्षिक सत्रमा भर्ना हुन पाउने छन् ।
उपयुक्त र आधुनिक प्रविधियुक्त शैक्षिक वातावरणमा अनुभवी प्राध्यापकहरूबाट पढाइ हुने हेराल्डको नतिजा पनि उत्कृष्ट रहेको छ ।
हेराल्डले उत्कृष्ट शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रवेश परीक्षाका लागि आवेदन माग, #हेराल्ड ल स्कुलले यो वर्षबाट बीए एलएलबी पढाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्