आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल

काठमाडौं, ६ असोज । नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ ।
यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।
लिग-२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।
नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ ।
त्यस्तै, लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
त्यस्तै, देव खनाललाई ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबकाबीच क्यानडासँग खेल्दै नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्