पर्यटन प्रवर्धनका लागि असोज १७ मा खांदबारी रन हुने

खांदबारी । संखुवासभाको खांदबारीमा स्थानीय खाँदबारी युथ क्लबले पर्यटन प्रवर्धनका लागि असोज १७ मा खुल्ला खाँदबारी रन आयोजना गर्ने भएको छ ।
आयोजक खांदबारी युथ क्लबका महासचिव सुरेन शाक्यका अनुसार दशैको अवशरमा विभागीय, खुल्ला पुरुष र महिला दौड प्रतियोगिता गर्ने भएको हो ।

बिभागीय टिमका सहभागीले १० किलोमिटर दुरी पार गर्नु पर्ने छ । खुल्ला तर्फका पुरुष र महिला धावकले ६ किलोमिटर दुरी पार गर्नु पर्छ । दौड प्रतियोगिता ३ बिधामा हुने क्लबका महासचिव शाक्यले बताउनुभयो । सबै बिधाका सहभागी १८ बर्ष माथिका हुनु पर्ने छ ।
हरेक विधाका विजेताले दश हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार पुरस्कार पाउने महासचिव शाक्यले जानकारी दिनुभयो ।
—-
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #खांदबारी युथ क्लब, #खांदबारी रन, #खेलकुद, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्