रवि लामिछानेले क्लिन चिट पाएँ भनेर सफेद झुट बोलिरहेका छन् : शंकर पोखरेल
काठमाडौं, २ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताउनुभएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर्याई कारबाहीको लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उहाँको पार्टीका नेताहरूले संसदीय समितिले उहाँलाई क्लिनचिट दिएको भनि दिइरहेको अभिव्यक्ति प्रति पोखरेलले खरो टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले लामिछाने र उहाँको पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गर्नुभएको छ ।
लामिछानेको नाम नलिई पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँ छ र दायित्व के हो भन्ने कुरा थाह थिएन भन्नु सफेद झुट भएको उल्लेख गर्नुभएको छ ।
‘कुनै कम्पनीको सीईओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीईओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ, अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो, होइन र ?,’ पोखरेलले फेसबुकमा लेख्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछानेले क्लिन चिट पाएँ भनेर सफेद झुट बोलिरहेका छन् : शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्