Techie IT
सोमबार, वैशाख २२,२०८२

आज पनि घट्यो सुनको मूल्य


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

 

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज पनि घट्यो सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545