अर्थतन्त्रमा सुधारको सङ्केत, सरकारको आम्दानी र खर्च दुवै बढ्यो
काठमाडौँ, असोज २ गते । आर्थिक गतिविधि सुस्ताउँदा दबाबमा परेको सरकारी खातामा सुधार आउन थालेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको बढोत्तरीले अर्थतन्त्रमा सुधारका सङ्केत देखाएको हो ।
सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रुपियाँ राजस्व आम्दानी गरेको छ । जसमध्ये कर राजस्व एक खर्ब ४५ अर्ब १९ करोड रुपियाँ र गैरकर राजस्व २१ अर्ब १९ करोड रुपियाँ रहेको छ । कुल राजस्व आम्दानी चालु आवको लक्ष्यको तुलनामा ११.७२ प्रतिशत हुन आउँछ ।
गत आवको दुई महिनासम्म सरकारको कुल राजस्व आम्दानी एक खर्ब ४१ अर्ब सात करोड रुपियाँ थियो । यसको तुलनामा चालु आवमा सरकारको कुल राजस्व २५ अर्ब ३० करोड रुपियाँले बढेको कार्यालयको विवरणले देखाउँछ । गत आवको सोही अवधिमा कर राजस्व एक खर्ब २७ अर्ब ९५ करोड रुपियाँ थियो । यस हिसाबले चालु आवमा कर राजस्व १७ अर्ब रुपियाँले बढेको देखिन्छ । त्यस्तै २०८० भदौमा १३ अर्ब १२ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएकोमा यस वर्ष आठ अर्ब रुपियाँले बढेको देखिन्छ । आर्थिक गतिविधिमा सुधार आउँदा त्यसको प्रत्यक्ष प्रभाव सरकारको कर राजस्वमा देखिन्छ ।
अन्य प्राप्तसहित सरकारको कुल आम्दानी भने चालु आवको दुई महिनामा एक खर्ब ६९ अर्ब ५१ करोड रुपियाँ पुगेको कार्यालयले जनाएको छ । जुन लक्ष्यको तुलनामा ११.५२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा अन्य प्राप्तिसहित सरकारको आम्दानी एक खर्ब ५४ अर्ब ४२ करोड रुपियाँ थियो । गत आवमा सरकारको अन्य प्राप्ति उठौतीमा सुधार आउँदा समग्र आम्दानी केहीबढेको देखिन्छ ।
खर्च पनि सुध्रियो
चालु आवमा सरकारको आम्दानीमा पनि सुधार आएको छ । सरकारले भदौसम्म एक खर्ब ३७ अर्ब ५५ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ७.३९ प्रतिशत हुन आउँछ । गत आवको सोही अवधिमा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड रुपियाँ खर्च गरेको थियो ।
चालु आवमा सरकारले गरेको कुल खर्चमा चालुतर्फ ८२ अर्ब ९८ करोड, पुँजीगततर्फ १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३९ अर्ब ६७ करोड रुपियाँ खर्च भएको छ । गत आवको दुई महिनासम्म सरकारले चालुतर्फ ८७ अर्ब ६६ करोड, पुँजीगततर्फ आठ अर्ब १६ करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ३१ करोड रुपियाँ खर्च गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अर्थतन्त्रमा सुधारको सङ्केत, #सरकारको आम्दानी र खर्च दुवै बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्