इन्द्रजात्राको दोस्रो दिन हनुमानढोकामा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ I
काठमाडौँ। सोमबार काठमाडौँको हनुमानढोका क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ।
इन्द्रजात्राको दोस्रो दिन, पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पूजा गरी कुमारी पूजा मनाइएको हो।
कुमारी पूजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा आइपर्ने वाधा अड्चन हट्ने समेत धार्मिक विश्वास रहेको छ।
धार्मिक विधिपूर्वक पूजा सकिएपछि कुमारी पूजामा सरिक बालिकाहरूलाई तलेजु भवानीको दर्शन गराई हनुमान ढोका दरबारमा अवस्थित मूल चोक, नासल चोक तथा वरपर रहेका देवीदेवताको दर्शन गराई कुमारी पूजा विधिवत् रूपमा समापन गरिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्द्रजात्राको दोस्रो दिन हनुमानढोकामा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ I
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्