Techie IT
बुधबार, कात्तिक २६,२०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, ३० भदौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घट्यो पेट्रोलियम पदार्थको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्