बर्दिवासको जनता मावि गौरीडाँडामा पहिलो साहित्य शृङ्खला सम्पन्न

यही मिति २०८१ साल भदौ २८गते शुक्रबार जनता साहित्यिक मञ्चको पहिलो शृङ्खला यस मञ्चका अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षता तथा प्रधानाध्यापक रामसकल महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सो कार्यक्रमको सञ्चालन यस मञ्चकी सचिव ममता खड्काले गरेकी थिइन् भने सदस्य राजेश सिंहले प्रमुख अतिथि लगायत सम्पूर्णलाई शब्दद्वारा स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न लयका कविता, गीत, गजल र कोपिला वाचन गरिएका थिए । वाचन गर्नेहरूमा श्रवण सिंह, राजेश भण्डारी, राजेश सिंह, सजिना सिंह, सुरज विक, रेनुका आले, ममता खड्का, सुप्रिया बस्नेत र विपुुल विद्रोही थिए ।
उक्त कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिने अतिथिहरूमा रामचन्द्र पौडेल, सहायक प्रअ सरिता कार्की, महेश ढुङ्गाना र प्रअ रामसकल महतोले शुभकामना दिएका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्