कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु
जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा रु एक करोड ८२ लाखको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । त्यहाँको करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो ।
“सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले रु एक करोड ८२ लाखको योजना स्वीकृत गरी काम अगाडि बढिसकेको छ”, प्रदेशसभा सदस्य रत्न ढकालले भन्नुभयो, “सो आयोजनाबाट करीब ३०० हेक्टर जमीन सिञ्चित हुने र २०० घरधुरीका किसान लाभाविन्त हुनेछन् ।” प्रदेश सरकारको ठूलो आयोजना भएको र त्यसबाट किसानले फाइदा लिन सहज हुनेछ ।
किसानलाई सेवा पु¥याउन गाउँपालिकासँग समन्वय गरेर निर्माण ठेक्का जिम्मा लिने ठेकेदारसँग समयमै काम सम्पन्न गर्न घच्घच्याइएको छ । आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले कृषि उत्पादनका हिसाबले सबैखाले अन्नबाली र तरकारी उत्पादन हुने ठाउँमा पहिला सिँचाइ अभावका कारण दुई बाली मात्रै लाग्ने भएकामा अब सबै प्रकारका अन्नबाली उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।
“आलुबाली, धान, कोदो, कफीखेती, अलैँचीलगायत बेमौसमी खेती गर्न यहाँका किासनलाई धेरै सहयोग पुग्नेछ”, घिसिङले भन्नुभयो, “पानीकै अभावका कारण मकैबालीसमेत भनेको बेलामा लगाउन पाउने अवस्था थिएन ।” कृषि उत्पादनको उर्वरभूमि कुपिन्टार र सोक्तेललगायतका ठाउँमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले भइरहेको कामको अहिलेसम्ममा उपभोक्ताबाट गर्नुपर्ने काममध्ये रु २६ लाख ६२ हजारको काम भइसकेको उहाँले बताउनुभयो ।
निर्माणका लागि आवश्यक पर्ने सामग्री सबै ल्याइसकेकाले उपभोक्ता समितिबाट गर्नुपर्ने काम यही महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने उहाँको भनाइ थियो । सो सिँचाइ कुलो निर्माणका लागि ठेक्काको काम पाएका निर्माण व्यवसायी दावा घिसिङले विसं २०७५ असार ३० गते सम्झौता भएर सामान ल्याउने काम भइसकेकाले तोकिएको समयमै काम सम्पन्न गर्ने बताउनुभयो ।
“सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ, त्यो समयभित्रमा सम्पन्न गरिसक्छौँ”, घिसिङले भन्नुभयो, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साँढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।” करीब तीन किलोमिटर ढलान र ‘स्ल्याव’ निर्माण गर्नुपर्ने र ६०० मिटर पाइप हाल्नुपर्ने घिसिङले बताउनुभयो । त्यसका लागि आवश्यक पर्ने सामान उपलब्ध गरिसकेकाले अब छिट्टै कार्य अगाडि बढाउने उहाँले बताउनुभयो । सो आयोजना सम्पन्न भएपछि त्यहाँका किसानको अर्थोपाजर्नमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिँचाइ आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्