‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (फोटो फिचर)
काठमाडौँ, भदौ २८ गते । नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।
जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग परिचित गराउने र सौन्दर्यलाई उजागर गर्ने उद्देश्यसहित यो प्रदर्शनीको आयोजना गरिएको हो ।
विशेषतः पर्यटकहरु माझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारिएको छ । नेपालका ख्यातिप्राप्त कलाकारद्वारा सृजित ३६ थान कलाकृति प्रदर्शनीमा राखिएको छ । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्षलाई कलाकारले क्यानभासमा उतारेका छन् ।
प्रदर्शनीमा कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी हुनुहुन्छ । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर)को प्रयोग गरी चित्र सृजना गर्नुभएको छ । कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गर्नुभएको हो । भदौ २८ गतेदेखि सुरु भएको प्रदर्शनी ३० गतेसम्म उमोजा क्याफे, नयाँ बानेश्वरमा सञ्चालनमा रहनेछ ।










क्याटेगोरी : समाचार
ट्याग : #‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी (फोटो फिचर), #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्