Techie IT
बुधबार, कात्तिक २६,२०८३

बागलुङ दुर्घटना अपडेट : गाउँपालिका उपाध्यक्षको शव फेला पर्‍यो


पोखरा । बागलुङ गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा डीएसपी विजय यादवले शव फेला परेको मध्ये एकजना गाउँपालिका उपाध्यक्षको भएको बताए । अन्य दुई जनाको सनाखत हुन सकेको छैन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागलुङ दुर्घटना अपडेट : गाउँपालिका उपाध्यक्षको शव फेला पर्‍यो


तपाईको कमेन्ट लेख्नुहोस्