कर्णालीमा पानीको बहावले सतर्कता तह पार गर्याे
भदौ २८ गते । कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १० मिटरसम्म सतर्कता तह मानिन्छ । १०.८० मिटर पुगेमा खतरा मानिन्छ ।
पानीको बहाव बढेपछि कैलाली र बर्दिया जिल्लाका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग गराइएको छ । उनीहरूलाई सतर्क रहन आग्रह गरिएको छ । कर्णाली नदीमा मिल्ने सेतीमा मात्रै पानी बढेकाले अब बिस्तारै पानीको बहाव घट्ने अपेक्षा गरेको गुरुङले बताउनुभयो । उहाँका अनुसार माथिल्लो क्षेत्रमा कर्णाली र भेरी नदीमा पानीको बहाव बढेको छैन । तीन वटै नदी मिलेर तल सिङ्गो कर्णाली बग्ने गर्दछ ।
यसै गरी, कैलालीमा बग्ने मोहनासहित यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रा, कटैनी, घुरहा, खुटियामा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ । हिजोदेखि भइरहेको अविरल वर्षाका कारण सबै नदीनालामा पानीको बहाव बढेकाे छ । कतिपय ठाउँमा मान्छेको घरमा पानी पसिसकेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णालीमा पानीको बहावले सतर्कता तह पार गर्याे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्