सुदूरपश्चिममा भीषण वर्षा : पहिरोले सडक अवरुद्ध, दम्पती घाइते, बाढीमा बालिका बेपत्ता

सुदूरपश्चिम प्रदेशमा भइरहेको भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् ।
बुधवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि के आईसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न पनि आग्रह गरेको छ। अहिले पहिरो हटाउने र सडक सुचारु गर्ने क्रम जारी छ ।
त्यस्तै पहिरोमा पुगिएर दम्पती घाइते भएका छन् । गए राति घरमाथि खसेको पहिरोमा पुरिएर डोटी बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय श्रीमती भागरथी जेठारा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्य भट्टले जानकारी दिए ।
घरमा सुतिरहेका बेला खसेको पहिरोले दुवै जना घाइते भएका थिए । दुवै जनालाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । प्रहरीका अनुसार तुलारामको अवस्था मध्यम छ भने भागरथीको अवस्था गम्भीर रहेको छ । पहिरोमा पुरिएर दर्जन बढी खसीबोका र गाई गोरु मरेको प्रहरीले जनाएको छ ।
डोटीमै खोलाले बगाउँदा केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द बेपत्ता भएकी छन् । वाइल बजारमा दूध पुर्याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।
पहाडी जिल्लामा पहिरोले जनजीवन प्रभावित हुँदा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बाढीले जनजीवन प्रभावित भएको छ । अहिलेसम्म बाढीले ठुलो क्षति नपुराए पनि स्थानीयहरू सुरक्षित स्थानमा जाने क्रम जारी छ ।
कैलालीको दक्षिण क्षेत्रको बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेहरू उच्चो क्षेत्रमा जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले यस अघि नै बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थलमा रहन सूचना जारी गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले पानी केही कम भएको भन्दै बाढीले ठुलो क्षति नभएको जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दम्पती घाइते, #बाढीमा बालिका बेपत्ता, #सुदूरपश्चिममा भीषण वर्षा : पहिरोले सडक अवरुद्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्