Techie IT
सोमबार, वैशाख २२,२०८२

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार


काठमाडौं, २७ भदौ । नेप्सेमा आज ७८ अंकको वृद्धि भएको छ । बिहीबार नेप्सेमा ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ ।

आज ३१८ कम्पनिको कारोबार हुँदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ । नेप्सेकाअनुसार आज वीन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रो र रावा इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज थ्री स्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी सिइबिडि हाइड्रोको ४७ करोड ६५ लाख ८ हजार ९० बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबैभन्दा बढी ९ लाख ९१ हजार १३७ कित्ता शेयर कारोबार भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #८ अर्बको कारोबार, #hot, #नेप्सेमा ७८ अंकको वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545