Techie IT
बुधबार, कात्तिक २६,२०८३

शुरु भयो नागार्जुनमा क्लोथ बैंक


नागार्जुन नगरपालिकामा क्लोथ बैंक सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रम गरी नार्गाजुन नगरपलिकाको प्राङगढमा कपडा बैकको शुभारम्भ गरिएको छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौं कोही कपडा बिहिन नरहुन् भन्ने मुल मन्त्रलाई आत्मासाथ गदै कक्लोथ एण्ड फूड बैंक नेपालको सहकार्यमा महानायक राजेश हमालको प्रमुख आथित्यतामा  कार्यक्रम सभापति नगर प्रमुख मोहन बहादुर बस्नेत बिशेष अतिथि नगर उप प्रमुख सुशिला अधिकारी  तथा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल तथा वडा अध्यक्षहरु साथै नगरपालीकाको कर्माचारीहरुको उपस्थीतिमा नगरपालिकाको प्राङ्गणकमा क्लोथ बैंक औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
नागार्जुन नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता पनि भएको छ ।

bxbxbxbxb-1726043980.JPG

नेपाली चलचित्रका महानायक राजेश हमाल संरक्षक रहेको यस संस्थाले चाँडनै सातै प्रदेशमा संकलन केन्द्र समेत खोलिने जनाएको छ । देशको अर्थतन्त्र र मानिसको दैनिक जीवनमा आवश्यक पर्ने गाँसबास कपासलाई सहजीकरण गरी परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित संस्थाले प्रयोगमा नआएका जुनसुकै कपडालाई प्रसोधन गरि आबश्यक निकायलाई निशुल्क बाढ्दै आइरहेको छ । देशका नागरिकहरुले भोग्नु पर्ने गरिबी, अभावका कारण बिभिन्न सामाजिक द्धन्द र आत्महत्याको शिकार समेत भै रहेको अबस्थामा अभावमा रहेका नागरिकको जीवनयापनमा सहजीकारण गरी देशलाई बिकास र निकासको बाटोमा सघाउनु नै एक सच्चा नागरिकको दायित्व रहेको संस्थाका अध्यक्ष कमल जि.सी ले बताउनु भयो साथै उहाले नगरपालिकाको क्लोथ बैंकमा संकलनका लागि राखिएको बक्समा संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने बताउनुभयो। उहाले नागार्जुन नगरपालीका भरी जम्मा चार वटा कपडा बैंक जसमध्य नगरपालिकाको भवनमा, २ न वडा कार्यालयमा, ७ न वडा कार्यालय र १० न वडा कार्यालयमा राखिने नागार्जुन पोष्टलाइ बताउनुभयो ।

ncncncn-1726044003.jpg
बुटुवलदेखि शुरु भएको यस किसिमको कार्यक्रम काठमाण्डौको नागार्जुन सम्म आईपुग्दा संस्थाले आगामी केही दिनमा नै काठमाण्डौंका बिभिन्न नगरपालिका सँग सहकार्य गरिने जानकारी दिएका छन् । उच्च प्रबिधि द्वारा रिसाइकल र प्याकेजिङ गरि प्रयोगमा ल्याइने कपडा उच्च स्तरिय हुनुका साथै सुलभ समेत हुने संस्थाका संरक्षक तथा महानायक राजेश हामालले बताउनु भएको छ साथै २०८२ साल देखि फुड बैकको समेत स्थापना गरिने संस्थाको उद्देश्य रहेको महानायक राजेश हमालले बताउनुभएको छ भने कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफुलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सवैलाई आग्रह गर्नुभयो ।

dfsfsfdsf-1726044033.jpg
साथसाथै कार्यक्रममा बोल्दै उप प्रमुख शुशिला अधिकारीले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न बर्गहरुलाई न्यानो प्रदान गर्नुका साथ साथै देशैभरि सहयोग हुने यस किसिमको कार्यक्रमलाई सबैले साथ दिन समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै नगर प्रमुख मोहन बहादुर बस्नेत द्वारा यस किसिमको प्रयोग नेपालमा मात्र पहिलो नभएको बताउनु भएको थियो साथै यस किसिमको कार्यले दुख पर्दा हामी एक ठाउँ छौ है भन्ने भावना समेत जगाउने स्पष्ट पार्नुभएको थियो ।
। केही सामान्य प्रकृया पुरा गरे पछि क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन भने आवश्यक पर्नेहरुले निशुल्क लिन पनि सक्नेछन् ।
gggdgdg-1726043864.JPG


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शुरु भयो नागार्जुनमा क्लोथ बैंक


तपाईको कमेन्ट लेख्नुहोस्