युवा ब्यवसायी कलाकार मोडल तथा संचारकर्मी रामेश्वर ढकाल (आर. डि ) थाईल्याण्डमा सम्मानित
बैंकक । कलाकार मोडल तथा संचारकर्मी रामेश्वर ढकाल (आर. डि ) एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।
आर .डी गारमेन्ट उद्योग संचालक समेत रहेका ढकाल शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’अन्तर्गत सफल वेस्ट मोडल’ सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले ढकाललाई सम्मान गरेका हुन् ।
कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित जोशीला युवा ढकाल बिगत एक दशक भन्दा बढी देखि कलाकारिता, मोडलिङको मार्फत टेलिश्रृंखला हर्के हल्दार विभिन्न म्युजिक भिडियोमा मोडलिङ नाटक, बृतचित्र हुदै नेपाली कला, सँस्कृतिको विकासमा सक्रिय रहेका ढकाल विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #rameswor dhakal, #युवा ब्यवसायी कलाकार मोडल तथा संचारकर्मी रामेश्वर ढकाल (आर. डि ) थाईल्याण्डमा सम्मानित, #रामेश्वर ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्