सन्दीपको अमेरिका भिसाबारे पारस भन्छन्- सबै ठाउँबाट ग्रिन सिग्नल आएको छ
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सन्दीप लामिछानेको अमेरिका यात्राबारे सबै ठाउँबाट ग्रिन सिग्नल आएको बताएका छन् ।
विश्वकप लिग-२ का लागि क्यानडामा हुने एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलाको बिदाइ कार्यक्रममा बोल्दै पारसले भने, ‘मलाई लाग्छ सबै प्रक्रिया पूरा भइसकेको छ । क्यानडाबाट अमेरिका जानु पर्ने भएकाले हामीले आवश्यक कामहरू गरेका छन् । सकारात्मक, ग्रिन सिग्नलहरू सबै ठाउँबाट आइसकेको छ ।’
नेपालले क्यानडापछि अमेरिकामा विश्वकप लिग-२ को शृङ्खला खेल्दै छ । गत जुन-जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको टी-२० विश्वकपमा अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन ।
नेपालस्थित अमेरिकी दूतावासले दुई-दुई पटक अन्तर्वार्ता लिएर भिसा अस्वीकार गरेको थियो । उनले वेस्ट इन्डिजमा भएका खेलहरूमा भने प्रतिनिधित्व गरेका थिए । सन्दीप झन्डै एक वर्षपछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदैछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीपको अमेरिका भिसाबारे पारस भन्छन्- सबै ठाउँबाट ग्रिन सिग्नल आएको छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्