मुआब्जा दिएर पनि नदी किनारा खाली गर्न सकिन्न, पृष्ठभूमि नभएकाले मसँग जादुको छडी छ भनेर झुक्याउँदैछन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेश अनुसार काठमाडौं उपत्यकाभित्रका नदी सहायक नदी र खोला लगायतका तटीय क्षेत्रका संरचना हटाउन नसक्ने बताएका छन्।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको ध्यानाकर्षण पत्र बुझ्दै मुआब्जा दिएर पनि संरचना हटाउन नसक्ने उनको भनाइ छ। उनले अहिले आफ्नो उच्चस्तरीय संस्कृति भुलेर समाजलाई फोहोरी बनाउने तत्त्वहरू सक्रिय भएको बताए।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै भने, ‘राजनीतिक इस्यु छैन, एजेन्डा छैन, बिना एजेन्डा, बिना इस्यु मुख छाडेर हिँड्ने, असभ्यता देखिएका हिँडेन यो हाम्रो प्रचलन नै होइन। यस्तो कुराबाट हामी जोगिनुपर्छ।’
उनले राष्ट्रिय एकताको भावनालाई बलियो बनाएर जानुपर्ने बताए।
उनले थपे, ‘कुनै पृष्ठभूमि र योगदान नभएका, समाजका लागि कहिल्यै नसोच्ने खालका आफ्नो अहंकार देखाउन खालका देखाइरहेका छन्। म यस्तो नभई हुँदैन भन्छन्, के जादुको छडी छ त्यस्तो ? कुनै नीति र कार्यक्रम छैन।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पृष्ठभूमि नभएकाले मसँग जादुको छडी छ भनेर झुक्याउँदैछन्, #मुआब्जा दिएर पनि नदी किनारा खाली गर्न सकिन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्