सहकारी ठगी प्रकरणमा मुछिए कांग्रेस उपसभापति धनराज गुरुङ, १५ करोड ठगी गरेको आरोप
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिनुभएको छ । उहाँविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको हो ।
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उहाँका पति कांग्रेस नेता धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा सोही सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जाहेरी दर्ता गराउनुभएको हो ।
ज्योति गुरुङ हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । धनराज गुरुङ निकट स्रोतकाअनुसार सहकारी ठगीमा परेपछि सहमतिमै दुवैजनाले सम्बन्ध विच्छेदको कागजसमेत बनाउनुभएको छ ।
ज्योति गुरुङ हाल फरार रहेको र नेपालमै नरहेको जानकारी प्राप्त भएको छ ।
स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।
सहकारी ठगी छानबिनका लागि गठित सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिमा पनि यो उजुरी परेको छ ।
मितेरी सहकारीले बागमती प्रदेश सहकारी विभागमा २०७७/७८ यताको कुनै पनि लेखा परीक्षण विवरण बुझाएको छैन । पछिल्लो विवरण अनुसार सहकारीले वार्षिक २५ करोडको कारोबार गरेको र १९ करोड बचत रहेको देखिएको छ ।
धनराज र ज्योति दुवैले १४ करोड ८१ लाख रुपैयाँ ज्योति भण्डारीलाई बैंकमा पठाएको खुल्न आएको छ । यससम्बन्धी यथार्थ विवरण संसदीय छानबिन समितिमा दिएको सहकारीका अध्यक्ष कुम्भराज गुरुङले जानकारी दिनुभएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #१५ करोड ठगी गरेको आरोप, #breaking, #सहकारी ठगी प्रकरणमा मुछिए कांग्रेस उपसभापति धनराज गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्