अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईनमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्रीको निर्देशन
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईनमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्रीको निर्देशन
काठमाडौँ, २० भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजना, लगानी वोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रीत हुन निर्देशन दिनुभएको हो ।
“विजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदापनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न र वितरण हुनेगरी सानातिना समस्यालाई समाधान गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।
उर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पुरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी वोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधी, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
“आयोजनालाई अगाडि बढाउनका लागि कहाँ कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्तिहरु को को हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,”– उहाँले भन्नुभयो । स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सरकारले समेत सहयोग गर्नै उहाँको भनाई थियो ।
उर्जामन्त्री खड्काले अरुण तेस्रो जलविद्युत आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले उर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । उहाँले ऐलानी जग्गा प्राप्तीका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने गरिएको भन्दै त्यस्ता जग्गा भए लगानी वोर्डमार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बैठकमा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, संखुवासभाका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्का, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, अरुण तेस्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृतलगायतले प्रसारण लाईन विस्तारका क्रममा देखिएका समस्याको बारेमा मन्त्रीसमक्ष अवगत गराउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अरुण तेश्रो, #आयोजना निर्माण, #उर्जा मन्त्रालय, #उर्जामन्त्री दिपक खड्का, #समस्या समाधान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्