जिप दुर्घटनामा ११ जना घाइते
अछाम, भदौ १९ गते । विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मङ्गलसेन जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला डडेलधुरा नवदुर्गा गा.पा.४ बस्ने वर्ष अं. ४२ को लक्ष्मण साउँदले चलाएको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा ११ जना सवारमध्ये ८ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाइएको छ भने चालक प्रहरीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चौरपाटी-१ का १९ वर्षीया कल्पना थापा, देवकी थापा १८ वर्षीया लक्ष्मी साउँद, साँफेबगर-४ का १७ वर्षीया पूजा सुनार छन् ।
यस्तै, चौरपाटी-२ का २९ वर्षीय लोकेन्द्र बहादुर साउँद, १८ वर्षीय तुल्सी साउँद, १८ वर्षीय प्रेम साउँद, १८ वर्षीय प्रीति साउँद छन् । घाइतेहरूको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
चौरपाटी गाउँपालिकाबाट सुप प्र ०१००१ ज १२३८ नम्बरको तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जिप दुर्घटनामा ११ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्