अधुरा आयोजनाहरू निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अधुरा आयोजनाहरू निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री खड्काले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताउनुभयो । उहाँले रानी जमरा कुलरीया सिँचाइ प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठुलो सिँचाइ प्रणाली भएको बताउनुभयो ।
मन्त्री खड्काले उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत र भौतिक प्रगति ७४.३६ प्रतिशत भएको बताउनुभयो। उहाँले उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको बताउनुभयो। यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको मन्त्री खड्काले बताउनुभयो । पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिँचाइ गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिँचाइ गर्ने भनिएको खड्काले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्जा, #जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, #सिचाइ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्