गण्डकी सरकार नौ सदस्यीय, एमालेबाट चार मन्त्री
लेखनाथ, भदौ १७ गते । सङ्घमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकी सरकारमा एमाले सामेल भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेबाट मन्त्रीहरु थप गरी सोमबार मन्त्रिपरिषद्को जिम्मेवारीमा समेत हेरफेर गर्नुभएको हो ।
एमालेबाट मन्त्री बन्नुभएकी नवलपुरकी संसाद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुभएको छ । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाउनुभएको छ ।
समानुपातिकबाट सांसद बन्नुभएका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाउनुभएको छ । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । स्वतन्त्र सांसद गुरुङको मन्त्रालय हेरफेर गर्नुभएका मुख्यमन्त्रीले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ।
आइतबार मात्रै मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या सातबाट बढाएर नौ बनाउनुभएको थियो । सोमबारको मन्त्रिमण्डल विस्तारपछि गण्डकी सरकारले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ साढे १ बजे हुँदै छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीपविरूद्व सर्वोच्चमा मुद्वा चलाउने निर्णय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्