पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
जुम्ला, भदौ १७ गते । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे पन्छ्याएपछि राजमार्ग खुलेको छ । डिभिजन प्रमुख चेतनकुमार मण्डलका अनुसार मालाचौरमा आइतबार साँझबाट सडक सञ्चालनमा आएको हो ।
डिभिजन प्रमुख मण्डलले सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ तथा मालवाहक ट्रकहरु गन्तव्य तर्फ जान थालेका छन् ।
यही भदौ १२ गते अविरल वर्षाका कारण दही खोला, मालचौर यासमोड, मेअरखोला, गगने खोलासहितका दर्जनौ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हँदा जुम्लाबाट सुर्खेत, नेपालगन्जका लागि पठाइएका स्याउका दर्जनौ ट्रक, खाद्यन्न सामग्री साधन र यात्रुहरु अलपत्र परेका थिए ।
पाँच दिनसम्म सडक बन्द हुँदा कर्णाली राजमार्गमा झण्डै सात सय टन स्याउका ट्रक अलपत्र परेका थिए । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले सात करोड सात लाख रुपियाँको स्याउ अलपत्र भएको विपत बैठकमा जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्