Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रदिप एफ सीले जित्यो प्रथम दारी ग्याङको उपाधि


काठमाण्डु ।

प्रथम दारी ग्याङ खुल्ला फुटसल प्रतियोगिताको उपाधि प्रदिप एफ सी भक्तपुरले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा प्रदिप एफ सीले फुलमाया एफ सीलाई ३–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । काठमाण्डु कपन स्थित कान्तिपुर फुटसलको खेल मैदानमा भएको फाइनल खेलमा प्रदिप एफ सीको तर्फ़बाट सुदर्शन श्रेष्ठ, महेन्द्र कार्की र रितेश लामाले समान १/१गोल गरे।फाइनल खेलको म्यान अफ़ द म्याच प्रदिप एफ सीका रितेश लामा घोसित भए।

विजेता बनेको प्रदिप एफ सीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता फुलमायाले ३० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई पुर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले पुरस्कृत गरे । विजेता टोलीका प्रशिक्षक प्रदिप ढकालले सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरे भने जापान बाट सहयोग गर्ने बिश्व थिंङलाई बिशेष धन्यबाद व्यक्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रदिप एफ सीका सुदर्शन श्रेष्ठ चुनिए । यसैगरी उत्कृष्ट गोलरक्षक भने फुलमाया क्लबका गोलरक्षकको पोल्टामा पर्यो । दारी ग्याङ केन्द्रीय समितिको आयोजनामा भएको २ दिने प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्