अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते
नेपालगन्ज, भदौ १३ गते । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्जसडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज पुग्न लागेको बस अनियन्त्रित भइ पल्टिँदा दुईजनाको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी आएको बताउनुभयो ।
उहाँले मृतकको अझै सनाखत नभएको जनाकारी दिनुहुँदै घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्याइएको बताउनुभयो ।
दुर्घटनाको खबर आउने वित्तिकै जनपथ प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयको सहयोगमा उद्धार तथा बचाउ कार्य गरिएको जानकारी डिएसपी डाँगीले बताउनुभयो ।
यता, भेरी अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको र दुई जना मृतकलाई पनि पुर्याइएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले बताउनुभयो ।
उहाँले घाइतेमध्ये केही गम्भीर भएकाले अस्पतालको सबै जनशक्तिलाई खटाएर भए पनि उपचार कार्य गरिरहेको बताउनुभयो ।
सो दुर्घटनाको विस्तृत जानकारी आउन केही समय लान्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #२७ घाइते, #breaking, #अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्