सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशालाबारे चिन्तित
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कर्भडहल हुनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो धेरै ठूलो कुरा हो । हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन् । थप उचाई छुनको लागि हामीलाई अनुकुलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नको लागि कर्भडहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ तर कर्भडहल छैन ।’ साथै, उहाँले काठमाडौंमा मात्र होइन सबै प्रदेशमा कर्भडहल हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले जिल्ला जिल्लामा कर्भडहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताउनुभयो । साथै, उहाँले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी बिग्रेको बताउनुभयो । उहाँले दशरथ रंगशाला जस्तो बिग्रेको मैदान कतै नदेखेको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #दशरथ रंगशालाबारे चिन्तित, #सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री इच्छुक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्