चार गुणले बढ्यो शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या
काठमाडौँ, भदौ ११ गते । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणले बढेको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ६७ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणले बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार ६१३ सय शिशुक जन्मिएका थिए । जसमध्ये नौ हजार ६५२ जना जन्म शल्यक्रियाबाट भएको उहाँको भनाइ छ । एक वर्षमा अस्पतालले एक लाख ९४ हजार ४९० बहिरङ्ग सेवा दिएको उहाँले बताउनुभयो ।
एक वर्षमा अस्पतालमा ३० हजार ९५२ जना बिरामी भर्ना भएका थिए । जसमध्ये २५ हजार ११६ जनाले प्रसूतिसम्बन्धी र स्त्रीरोगतर्फ पाँच हजार ८३६ जना रहेका थिए । त्यसैगरी, दुई हजार सात सय ८७ नवजात शिशुको उपचार गरिएको थियो । मातृ सघन उपचारतर्फ ४५४ जना भर्ना भएर उपचार गराएका थिए ।
तीन हजार १३३ जनाको विभिन्न गाइनोको शल्यक्रिया गरिएको मध्ये २५७ जनाको दूरबिन प्रविधिबाट शल्यक्रिया गरिएको डा. अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालले हालसम्म ५८ जना सेवाग्राहीलाई आइ.भी.एफ सेवा दिएको जानकारी दिनुभयो । अस्पतालले आइ.भी.एफ सेवा २०७२ सालको भूकम्पपश्चात् स्थगनमा रहेको र आ.व. २०७८/७९ देखि यस सेवालाई स्तरोन्नति गरी पुनः नियमित रूपमा सञ्चालनमा ल्याएको हो ।
अस्पतालमा रहेको निःसन्तान तथा आइ.भी.एफ सेवा इकाईबाट गत वर्षमा नौ हजार ११ जनाले निःसन्तान दम्पत्तिले सेवा लिएका छन् । जसमध्ये दुई सय २२ जनालाई आइ.यू.आई सेवा र २० जना निःसन्तान दम्पत्तिले आइ.भि.एफ सेवा लिएको जानकारी दिनुभयो । अस्पतालले आइ.भी.एफ. सेवाको गुणस्तर बढाउन हालै इक्सी मेसिन सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । अस्पतालले वि.स. २०७९ सालबाट ह्युमन मिल्क बैङ्क सञ्चालनमा ल्याएको थियो । सो सेवाअन्तर्गत अस्पतालले एक वर्षमा एक हजार १६१ आमाबाट ७९८ लिटर दुध सङ्कलन गरिएको छ । १६ सय ६३ नवजात शिशुलाई यो सेवा प्रदान गरिएको डा. अधिकारीको भनाइ छ ।
डा. अधिकारीका अनुसार अस्पतालले गर्भावस्थाको शिशुको मुटुको जाँच सेवा गत २०८१ जेठ १ देखि नै सञ्चालनमा आइसकेको छ । भ्रुणसम्बन्धी विकलाङ्ग अवस्थाको पहिचानका लागि सरकारको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको हुँदा यस अस्पतालमा एनोमोली स्क्यान निरन्तर भइरहेकोमा हाल अस्पतालमा नियमित तवरबाट गर्भावस्थामा रहेको शिशुको मुटुको जाँच (फेटल इको तथा मेटर्नल इको) सम्बन्धी सेवा सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
उहाँका अनुसार अस्पतालले नवजात शिशुको वंशाणुगत रोगको पहिचान गर्न न्यु बर्न स्क्रिनिङ्ग सेवा यसै वर्ष २०८१ साउन २९ गतेदेखि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा जन्मपश्चात् हुने मानसिक सुस्तता, दीर्घरोग एवम् नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षास्वरूप यो सेवा ल्याइएको हो ।
विक्रम संवत् २०१६ साल भदौ १० गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट सुरु भएको अस्पताल हाल ४८९ शय्याबाट सेवा दिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चार गुणले बढ्यो शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्