आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा साढे ३ घण्टा यातायात बन्द
दमौली । पृथ्वीराजमार्गको आँबुखैरेनी –मुग्लिङ खण्डमा अहिले यातायात सेवा बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए अनुसार बिहान साँढे ६ बजे देखि १० बजे सम्मका लागि यातायात सेवा बन्द गरिएको हो ।
आँबुखैरेनीको ऐनापहरामा भएको दुर्घटनामा क्षतिग्रस्त सवारी साधन निकाल्नका लागि ठूला मेसिनहरू प्रयोग गर्नुपर्ने भएको हुँदा यातायात सेवा बन्द गरिएको हो ।
यसै गरी आँबुखैरेनीको ऐना पहरामा एक भारतीय पर्यटक बेपत्ता भएको खुलेको छ ।
भारतीय पर्यटक बसमा यात्रारत २२ वर्षीय गोकर्णी सन्दिप सोरदे रहेको तनहुँ प्रहरीले जनाएको छ । बेपत्ता सोरेदेको खोजी कार्य जारी रहेको छ ।
बेपत्ता सोरेदे सँगै पर्यटक बसमा ४४ जना खुलेको रहेको छ ।जसमध्ये २७ जनाको मृत्यु हुन पुगेको थियो भने १६ जना घाइते हुन पुगेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा साढे ३ घण्टा यातायात बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्