साफ यु–२० फुटबल : नेपाल फाइनलमा
काठमाडौँ, भदौ ९ गते । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलकाे फाइनलमा प्रवेस गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा नेपालले बाजी मारेको हो । नेपालको जितमा गोलरक्षक जियारत शेख नायक बन्नुभयो । उहाँले भुटानको दुई पेनाल्टी बचाउनुभयो ।
फाइनलमा नेपालले भारत र बङ्गलादेशबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । ५६औँ मिनेट मिनेटमा जेत्सन दोर्जीले गोल गर्दै नेपाली सर्मथकलाई निरास बनाउनुभयो । त्यसपछि ७७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि नेपालका निराजन धामीले ७७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । भुटानका किन्जाङ तेन्जिङ दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिनु भयो । तेन्जिङकै फमा प्राप्त फ्रिकिक पासमा निराजनले हेड गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो ।
त्यसपछि सोझै टाईब्रेकरमा पुगेको खेलमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले पहिलो प्रहारमा गोल गर्नुभयो । दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङतानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाउनुभयो ।
त्यसपछि नेपालका सेमन्त थापाको तेस्रो प्रहार गोल भयो । भुटानका उग्वेन जिग्मेको तेस्रो प्रहारलाई जियारतले पुन: विफल पार्नुभयो । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गर्नुभयो ।
भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साफ यु–२० फुटबल : नेपाल फाइनलमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्