Techie IT
बुधबार, कात्तिक २६,२०८३

कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला


कैलाली, ९ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिक शंकास्पद वस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार धनगढी उपमहानगरपालिका-४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवाको निवास अगाडि शनिबार राति एउटा झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

घटनास्थलमा नेपाली सेनाको टोली परिचालन गरिएको छ र शंकास्पद वस्तुलाई निष्क्रिय पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस सभापति देउवाको निवास अगाडि शंकास्पद वस्तु फेला


तपाईको कमेन्ट लेख्नुहोस्