पहिरोका कारण अरनिको राजमार्ग र मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध
बनेपा, भदौ ९ गते ।अविरल वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग र जिरो किलो मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिवार राती देखी परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट बन्देउ खण्ड र हेलम्बु सडकको जिरो किलो फेदी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भुम्लु गाउँपालिका ८ बन्देउ डाँडामा आइतबार बिहान करिब साढे ४ बजेको समयमा राजमार्गमाथिबाट सुख्खा पहिरो सहित रुख ढली बाटो दुबैतर्फ अवरोध भएको जनाएको छ । प्रहरीले अरनिको राजमार्गमा भएको अवरोध हटाउनका लागि स्थानीय तहसँग समन्वय भए पनि पहिरो।आइरहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकेको जनाएको छ ।
यसैबिच वर्षासँगै आएको पहिरोका कारण जिरोकिली मेलम्ची सडक खण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ६ बजेको समयमा जिल्लाको पाँचखाल नगरपालिका ४ फेदीस्थित जिरो किलो मेलम्ची सडक खण्डमा सड्क भन्दा माथि बाट पहिरो आई जिरो किलो मेलम्ची सडक खण्डको सडक समेत पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अवरुद्ध सडक खुलाउन स्थानीय तह र सडक विभागसँग समन्वय गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पहिरोका कारण अरनिको राजमार्ग र मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्