कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति
जनकपुर, भदौ ७ गते । मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणको लागि आमरण अनसनरत संघर्ष समितिबीच शुक्रबार चार बुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनसन स्थगित भएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह र संघर्ष समितिका संयोजक परविनकुमार मोरबैता यादवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ।
हस्ताक्षरित चार बुँदे सहमतिमा कमला नदीमा नयाँ पुल निर्माण गर्ने, पुल निर्माणका लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८२–८३ मा राख्न संघ सरकारमा पहल गर्ने सहमति भएको छ ।
संघबाट बजेट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको छ । आगामी मङ्सिर १ गतेभित्र पुलको डिपिआर तयार गरी बोलपत्र आह्वान गरिने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजैका मितिबाट स्थगित गरिने उल्लेख गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्