बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
काठमाडौं, भदौ ६ गते । चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार विहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । स्थानीयले प्रहरीलाई खवर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको उहाँले बताउनुभयो ।
शंकास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यले बताउनुभयो ।
स्थानीयलाई तर्साउन सो वस्तु राखिएको हुनसक्ने आशंका प्रहरीले गरेको आचार्यले बताउनुभयो । शंकास्पद वस्तु राख्ने दुई जनामाथि शंका गरिएको र उनीहरुको खोजी भइरहेको प्रनि आचार्यले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्