भैंसीमाथि बाघको आक्रमण : बाघ मर्यो, भैंसी घाइते
मकवानपुर, ६ भदौ । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापुरमा एक बाघ मृत अवस्थामा फेला परेको छ ।
स्थानीय बलबहादुर राईको गोठमा रहेको एकवटा भैंसीमाथि बाघले आक्रमण गरेको र सोही गोठमा बाघ मृत फेला परेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा भैंसी घाइते भएको प्रहरीले जनाएको छ ।
घटना आज बिहान भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीलाई खबर प्राप्त हुनासाथ प्रहरी, पर्सा वन्यजन्तु आरक्षणको टोली र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेको र भैंसीले हान्दा मृत्यु भएको जस्तो देखिएको बताइएको छ । घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ ।
यसैबीच, चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले मृत बाघलाई आफ्नो जिम्मामा लिएर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भैंसी घाइते, #भैंसीमाथि बाघको आक्रमण : बाघ मर्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्