माधव नेपालका ६७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश , हेर्नुहोस को को ?
झापा, ४ भदौ । एकीकृत समाजवादी झापाका ६७ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकको सभाहलमा आज पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारी सहितका जिल्ला,नगर,पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो । एकीकृत समाजवादी पार्टी छोडेर घर फर्किएकाहरुलाई एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गर्नु भएको थियो ।
पार्टी प्रवेशको अगुवाई गर्नु भएका नेता दाहालले कार्यक्रममा बोल्दै हिजो हावाहुरी आएको बेला एमाले छोडेर गए पनि अब एकीकृत समाजवादी पार्टीको भविष्य नरहेको हुँदा अहिले माउ पार्टीमा समाहित भएको धारणा राख्नुभयो । एमाले पार्टी को निर्वाचन क्षेत्र न.५ ख लाई सुदृढ र एकताबद्ध बनाउने उद्धेश्यले विधानतः पार्टी सदस्यता नवीकरण गर्ने, सदस्यता प्राप्त गर्नेलाई योग्यता र क्षमताको आधारमा उपयुक्त जिम्मेवारी दिने वारम्वारको छलफल पछि सहमति भएको नवप्रवेशी दाहालले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिने एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले स्पष्ट पार्नुभयो ।
पार्टी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारी,दमक नगरको पूर्व अध्यक्ष, जिल्ला कमिटी सदस्य महेश घिमिरे, जिल्ला सदस्यहरु चन्द्रकला भण्डारी, शसीराज पौडेल, तोया सापकोटा, हरिकृष्ण पौडेल,खगेन्द्र बाह्रकोटी,राम लुइटेल र चन्द्रमणी अधिकारी हुनुहुन्छ ।
यसैगरी एकीकत समाजवादी समाजवादी निकट अनेरास्वीयु केन्द्रीय सचिवालय सदस्यहरु रोशन भण्डारी ,मदन गुरुङ्ग, समाजादीकै नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य उमेश चम्लागाई, समाजवादी पार्टीको दमक नगर सचिवालय सदस्य चन्द्रमणी थापा,खेलकुद महासंघ झापा कोषध्यक्ष सुदिप सागर भटराई (सौरव),अनेरास्वियु दमक क्याम्पस समिति पूर्व अध्यक्ष आयुष्मान पोखरेल, अखिल फोर्स दमक नगर संयोजक रतन चाम्लिङ्ग राई,सहसंयोजक सागर ढकाल (सावन) अनेमसंघ नगर सदस्यहरु जमुना लिम्वू र रेनुका ढुङ्गगाना दाहाल पनि एमालेमा प्रवेश गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
समाजवादीकै अखिल फोर्स नगर संयोजक रतनको नेतृत्वमा नगर समितिका १७ जना,अनेरास्वियु दमक क्याम्पस समितिका अध्यक्ष रविन अधिकारी सहित १५ सदस्य र तोया सापकोटाको अगुवाईमा कमल गाउँ घर भएका समाजावादी जिल्ला समिति सदस्य र पार्टी सदस्य १६ जना समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माधव नेपालका ६७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्