रक्षाबन्धनले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने : उपाध्यक्ष घिमिरे
काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ ।
सोमबार हिन्दुधर्मालम्बीहरुको महत्त्वपूर्ण चाडपर्व रक्षाबन्धन अर्थात् जनैपूर्णिमा र नेवारी समुदायमा मनाइने गाईजात्रा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
रक्षाबन्धन श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दु (तागाधारी)हरुले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने चलन छ । नेवाः संस्कृतिमा गुन्पुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीले एकापसमा राखीबाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको उहाँले बताउनुभयो ।
‘‘रक्षा बन्धनलाई हिन्दु शास्त्रमा असुर र देबगण बिच भएको युद्धमा देबगणको विजयसँग जोडिएको छ । यो पर्वले हाम्रो समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य र असल पात्र र संस्कारको विजयसँगै सत्य र निष्ठाको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।’’ उपाध्यक्ष घिमिरे भन्नुभयो ।
यसैगरी, गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनुु भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा ब्यङगात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुसार गाइजात्राको प्रचलन चलेको जनविश्वास रही आएको छ ।
विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डो¥याउन प्रेरित गर्दै आएको छ ।
‘‘नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वहरुले सामाजिक, सांस्कृतिक र जातिय एकतालाई कायम राख्दै आपसी सद्भावलाई प्रगाढ बढाउने विश्वास लिएको छु ।,’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो, ‘‘पर्वहरुले आपसी सद्भावलाई बढाउन तथा मुलुकका समस्याहरुसँग जुधेर सम्मुनत देश बनाउन सबैलाई दृढ इच्छाशक्ति मिल्ने बिश्वास लिँदै रक्षाबन्धन तथा गाईजात्रा पर्वको शुभकामना व्यक्त गर्दछु ।’’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रक्षाबन्धनले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने : उपाध्यक्ष घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्