सांस्कृतिक गाउँ मार्फा (फोटो फिचर)
म्याग्दी (दरबाङ), भदौ २ गते । मार्फा परिचित गाउँको नाम हो । गाउँ तल हुँदै शान्त अनि आफ्नै गतिमा बग्ने काली गण्डकी नदी । वरिपरि पहाडले घेरिएको सम्म परेको फाँटमा गुजुमुजु परेका घरहरू । मार्फालीको जीवनशैली,भाषा,धर्म,मौलिक संस्कार, कला संस्कृति ,गुम्बा ,गुफाहरू लगायत यहाँ रहेका ऐतिहासिक सम्पदा भिन्न र सौन्दर्यको अनुपम उपहार हो ।
फाँट भरी स्याउवारिले थप लोभ्याइदिन्छ । सेतो र रातो माटोले लिपेका घर । माटोकै छाना र छानामाथि दाउराको थुप्रो गजबको देखिन्छ । हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२,स्थित मार्फा गाउँबारे जानकार नहुने सायदै होलान् । गीत तथा चलचित्र छायाङ्कन पनि प्रायजसो मार्फामा गर्ने गरेको पाइन्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि विभिन्न माध्यमबाट मार्फा गाउँ चिनाइरहेको देखिन्छ ।
अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्री तथा मुस्ताङ घुम्न जानेहरू यो गाउँमा रमाउँछन् । मार्फाका हरेक घरमा एकै कलरका रङ प्रयोग गर्नुपर्ने र मौलिक परम्परागत शैलीमा घर बनाउनुपर्ने मापदण्ड बनाइएको छ । ऐतिहासिक पर्यटकीय गाउँ मार्फामा वडा र गाउँपालिकाले पूर्वाधार निर्माण गरिरहेको वडा अध्यक्ष मनबहादुर हिराचनले बताउनुभयो । उहाँका अनुसार ,गाउँभित्र गल्लीहरूमा सडक बत्ती जडान , पुरानै शैलीमा पदमार्ग निर्माण तथा मर्मत ,गाउँमाथि पार्क लगायत पूर्वाधार निर्माण भइरहेका छन् ।
पर्यटकलाई लक्षित गरेर एक होमस्टे सञ्चालन गरिएको छ भने २० बढी होटेलहरू सञ्चालनमा रहेका छन् । थकाली समुदायको बाहुल्यता रहेको मार्फामा केही गुरुङ र दलित समुदायको पनि बसोबास रहेको छ । ‘‘मार्फा पुरानो एक ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ हो । स्याउको राजधानीको नामले परिचित हाम्रो गाउँमा गुम्बा र गुफाहरू’ स्थानीय लाल हिराचनले भन्नुभयो ।
पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य देशका पर्यटकहरू आउन थालेपछि होटेल व्यवसायहरू पनि फस्टाउन थालेको उहाँले बताउनुभयो । ऐतिहासिक पर्यटकीय गाउँ मार्फा सुन्दर र आकर्षक मनै लोभ्याउने रहेको म्याग्दीको बेनीबाट घुम्न जानुभएका पर्यटक नवीन सोनामले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सांस्कृतिक गाउँ मार्फा (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्