विद्युत प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ : उर्जामन्त्री खड्का
काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारको अङ्ग विद्युत प्राधिकरण भएकाले जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभएको हो ।
उहाँले मुलुकको ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकाय एकआपसमा मिलेर काम गर्ने विश्वास दिलाउनुभयो । मन्त्री खड्काले ‘ट्रङ्क’ र ‘डेडिकेटेड’लाइनमार्फत उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुलीबापतको रकम तिर्नैपर्ने बताउनुभयो ।

“प्रधानमन्त्री र सरकारले व्यवसायीले विजुली प्रयोग गरेवापतको पैसा तिर्नुपर्दैन भनेको छैन, यहाँ गलत प्रचार गरिएको छ, विद्युतको पैसा नतिर्ने कम्पनीको सम्पत्ती जफत गर्न सकिन्छ, एउटा उद्योगको लाईन काट्नु भनेको मान्छेको घाँटी काट्नु सरह हो, लाईन काटिँदा त्यहाँभित्रका श्रमिक र उत्पादनलाई ध्यान दिनुपर्छ,”–उहाँले भन्नुभयो ।
विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार जरुरी रहेको भन्दै मन्त्री खड्काले त्यसका लागि आवश्यक काम गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उत्पादन, प्रसारण र वितरणका बीचमा आवश्यक तालमेल गरेर अगाडि बढेमा उल्लेख्य सफलता हासिल हुने उहाँले बताउनुभयो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत ऊर्जामन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको तथा मध्यभोटेकोशीको अवस्था पनि उस्तै रहेको बताउँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यता रहेकामा जोड दिनुभयो ।
उहाँले १० वर्षमा १० हजार मेघावाट विद्युत छिमेकी मुलुक भारतमा निर्यात गर्न सरकारले सम्झौता गरिसकेकाले उक्त लक्ष्य हाँसिल गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उर्जा क्षेत्रको विकासका लागि बाधक रहेका ऐन, कानून र नियमावलीलाई मन्त्रालयले समाधान गर्ने भएकाले तीव्र गतिमा काम गर्न कर्मचारीलाई मन्त्री खड्काले निर्देशन दिनुभयो ।
उहाँले कृषि र पर्यटनसँगै उर्जा क्षेत्र पनि नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले यसलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । प्रतिव्यक्ति उर्जा खपत बढाउने गरी प्राधिकरणले योजना बनाउनुपर्ने उहाँको भनाई थियो ।

उहाँले पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगसमेत बढेकाले उक्त सवारी साधनका लागि चाहिने चार्जिङ स्टेशन सबै ठाउँमा राख्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । आवश्यकतालाई हेरेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले उर्जा क्षेत्रको विकासका लागि सहयोग गर्ने सम्पूर्ण विदेशी संघ संस्थालाई समेत धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । उहाँले वर्तमान सरकार दुई ठूला राजनीतिक दल मिलेर बनेकाले जनताको समस्यामा सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कुरा भन्दापनि काम गरेर देखाउन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
प्राधिकरणको ३९ औँ स्थापना दिवसका अवसरमा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका खड्काले कर्मचारीको घरभाडावापत मासिक रु दुई हजार उपलब्ध गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीलाई दशैँ भत्ता उपलब्ध गराउने, पर्यटनवापतको खर्च दिने घोषणा गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उर्जामन्त्री दिपक खड्का, #नेपाल विद्युत प्राधिकरण, #बार्षिक उत्सब
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्